२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

नमुना युवा सांसद दंगीशरणद्वारा वृक्षारोपण

दिप्तीशिखा चौधरी,
दंगीशरण १९ असार । नमुना यूवा सांसद दंगीशरण गाउँपलीकाले आज शुक्रबार वृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ ।

नमुना यूवा सांसद दंगीशरणले आज वडा नं. ६ स्थित सिद्ध पृथ्वी जनता माविको प्राङ्गणमा वृक्षारोपन गरेको हो । बृक्षारोपन कार्यक्रममा प्रदेश सांसद तथा कार्यक्रमका प्रमुख अतीथि विमला वली र गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले वृक्षारोपन गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।

सो अवसरमा सांसद विमला वलीले यूवा बेरोजगार कार्यक्रमका लागि प्रदेशबाट पहल गर्ने बताईन् । हरेक तहमा यूवाको महत्वपुर्ण भूमिका रहने भन्दै सांसद वलीले विभीन्न यूवामैत्री कार्यक्रमले मात्र सामाजीक कार्यमा टेवा पुग्ने बताईन् । साथै पृथ्वी जनता माविको भौतीक अवस्था जिर्ण बन्दै गएको प्रती चिन्ता ब्यक्त गर्दै विधालयको भौतीक व्यवस्थापनमा लाग्ने प्रतिबद्धता ब्यक्त गरिन ।

यस्तै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणको नयाँ कार्यको थालनी यूवा सांसदले गरिरहेको भन्दै यूवाले गरेको कार्यको पहिचानका लागि गत बर्षदेखी नै नमूना यूवा सांसदलाई सहयोग गरिरहेको बताए । अध्यक्ष चौधरीले दंगीशरणमा रहेका सामुदायीक बिधालयलाई रामो बनाउनका लागि बगैचा निर्माण कार्यका लागि मात्र २५ हजार रकम उपलब्ध गराउने कार्यक्रम अघि सारेको बताउँदै शिक्षा क्षेत्रमा स्थानीय तहबाटै बिधालय गुणस्तर कार्यक्रम अघि बढाएको बताए ।

यस्तै उनले जनता पृृथ्वी माविको जिर्ण हुदै गएको भवनलाई मर्मत गर्ने र पुराना संरचनालाई संरक्षण गर्ने कार्यलाई अगाडि बढाईने बताए । खस्किएको सामुदायीक विधालयको अवस्था तिन बर्ष यता देखि सुध्रदै आएको बताउँदै अझ प्रभावकारी बनाउान र राम्रो परिणाम ल्याउँनका लागि आफनो तर्फबाट अहम भूमिका खेल्ने अध्यक्ष चौधरीले बताए ।

यस्तै शिक्षा शाखा प्रमूख विनोद अधिकारीले यूवाहरुको सिर्जनशिलता रहेको यो कार्य एकदमै प्रवाभकारी तरीकाले अगाडि बढिरहेको भन्दै यसलाई दिगोपन दिनका लागि ग्रेनरी स्कुल बनाउने अभियान लिएर अगाडि बढाउनुपर्ने बताए ।

कार्यक्रम कार्यक्रममा मात्र सिमीत नरहेर यसलाई संरक्षण गरी सामाजीक अभियानका रुपमा संचालन गर्नुपर्ने बताए । बिधालयबाटै सिक्नु र सिकाउनुपर्छ भन्ने कुरालाई लिएर विधालयले नै सुधार गर्दै लग्नुपर्ने भन्दै विधालयले नै कृषि विज्ञान प्रविधीबाट सिकाई क्रियाकलापका रुपमा संचालन गरी विधार्थीहरुलाई कृषि प्राविधीक तर्फ लग्न आवश्यक रहेको शिक्षा शाखा प्रमूख अधिकारीले बताए ।

सो अवसरमा विधालयका प्रअ हर्क बहादुर बुढाथोकिले नमुना यूवा सांसदले गरेको वृक्षारोपन कार्यक्रम विधालयका लागि उपयूक्त कार्य भएको भन्दै यसको संरक्षणमा लागने प्रतिवद्धता ब्यक्त गरे । कार्यक्रममा राष्ट्रिय यूवा परिषदका दाङका अध्यक्ष शुरेस कुमार रावत, नमुना यूवा सांसद दंगीशरणका राष्ट्रपती चक्रमिलन विक लगाएत नमुना यूवा सांसदका सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुको सहभागिता रहेको रहेको थियो ।

विधालयको प्राङ्गनमा केशव प्रशाद शर्माको तुलसीपुर उपमाहनगरपालीका वडा नं. १२ मा रहेको पुष्पा नर्सरीबाट उपलब्ध गराएको २५ प्रजातीका फलफुलका विरुवा रोपिएको थियो ।

प्रतिपक्षका अंकीत आचार्यले स्वागत गरेको कार्यक्रमको शहजीकरण प्रधानमन्त्री प्रविन योगीले गरेका थिए ।।