२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

युवा व्यवसायी हमाल रोटरी र लायन्स क्लबको अध्यक्षमा चयन

सुरेश हमाल ।

दाङ, 
१९ असार । रोटरी क्लव अफ तुलसीपुर सिटी र लायन्स क्लव अफ दाङ बर्ष २०२०/२०२१ का लागि दुवै संस्थामा युवा व्यवसायी सुरेश हमाल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् ।

यसअघिका पदाधिकारीहरुको कार्यकाल सकिएपछि स्वतः हमाल दुवै संस्थाको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

हमालको अध्यक्षतामा गठित रोटरी क्लव अफ तुलसीपुरको इलेक्टेड प्रिजिडेन्टमा शिवप्रसाद श्रेष्ठ, नोमिनी प्रिजिडेन्टमा यज्ञबहादुर केसी, उपाध्यक्षहरुमा विनिल केसी, सन्दीपन रिजाल र इन्जिनियर पवन योगी निर्वाचित भएका छन् । सचिवमा देवेन्द्र केसी, कोषाध्यक्षमा दुर्गाबहादुर केसीलगायत अन्य सदस्यहरु चुनिएका छन् ।

त्यसैगरी हमाल नेतृत्वकै लायन्स क्लव अफ दाङको प्रथम उपाध्यक्षमा हेमन्त डाँगी, दोस्रो उपाध्यक्षमा गणेश अधिकारी, तेस्रो उपाध्यक्षमा भागवत घिमिरे निर्वाचित भएका छन् ।

सचिवमा विनिल केसी, कोषाध्यक्षमा टोपबहादुर विष्ट, सहसचिव भोजराज न्यौपाने चुनिएका छन् ।

दुवै संथामा केही दिनपछि पदभार ग्रहणको कार्यक्रम तय हुने दुवै संस्थाका अध्यक्ष हमालले बताएका छन् ।