२०७८ मङ्सिर १ गते बुधवार
२०७८ मङ्सिर १ गते बुधवार

शान्तिनगरमा विरोध सभा हुने

शान्तिनगर, 
१९ असार । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको कुटपिटबाट घाइते शान्तिनगर वडा नं. २ वडाअध्यक्ष फर्साराम डाँगीको समर्थनमा नेपाली कांग्रेस शान्तिनगरले भोली विरोध सभा गर्ने भएको छ ।

भोली शनिवार शान्तिनगर २ सिससुन्दरपुरमा विहान ११ बजे विरोध सभा कार्यक्रम आयोजना गर्न लागेको शान्तिनगर २ तरुण दलका अध्यक्ष विमल खड्काले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस शान्तिनगर गाउँ कमिटिको नेतृत्वमा आयोजना हुने विरोध सभामा नेपाली कांग्रेसका भातृ संगठन तरुण दल, महिला संघ, नेविसंघ, दलित संघ लगायत सहभागिता रहने खड्काले जानकारी दिनुभयो ।

सो विरोध सभा कार्यक्रममा उपस्थितिका लागि नेपाली कांग्रेस शान्तिनगर गाउँ कमिटिले सवैमा आग्रह गरेको छ ।