२०७८ असार ६ गते आइतवार
२०७८ असार ६ गते आइतवार

कोरोना रिपोर्ट पोजेटिभ आएपछि १८ वर्षीय युवकद्वारा आत्महत्या

सांकेतिक तस्वीर ।

बझाङ,
१९ असार । बझाङको खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर ७ मा होमआइसोलेसनमा रहेका एक जनाले आत्महत्या गरेका छन्।

बिहीबार कोरोना रिपोर्ट पोजेटिभ आएका १८ वर्षीय युवकले घरबाट भागेर नजिकैको जंगलमा पुगी आज बिहान आत्महत्या गरेको प्रहरीले जनाएको छ।

मृतक भारतबाट आएर जेठ १९ गतेदेखि जयपुर लामागडा प्राथमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेका थिए।

क्वारेन्टिनमा बसेका अरु सबैको रिपोर्ट आएपछि घर जाँदा एक्लै हुने भनि ती युवक पनि तीन दिनअघि घर गएका थिए।

हिजो रिपोर्ट पोजिटिभ आएपछि आज बिहानै उनले आत्महत्या गरेको गाउँपालिकाका अध्यक्ष वर्कबहादुर रोकायाले बताए।