नयाँदिल्ली,
१९ असार । भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु भएको छ ।
बिहीबार राति अविरल वर्षासँगै परेको चट्याङबाट २४ घण्टाको अवधिमा २२ जनाको मृत्यु भएको हो । अरु केही घाइते छन् । विपद् व्यवस्थापन विभागका अनुसार बिहारका विभिन्न जिल्लामा शुक्रबार बिहानसम्म चट्याङ पर्ने क्रम जारी थियो ।
गत हप्ता मात्रै बिहारमै चट्याङका कारण १ सय जनाको मृत्यु भएको थियो ।
यसको असर सबैभन्दा बढी बिहारको पटना क्षेत्रका विभिन्न जिल्लामा परेको छ ।
घटनापछि बिहारका मुख्यमन्त्री नितिश कुमारले भने मृतकका परिवारलाई चार लाख रुपैयाँ क्षतिपुर्तिको रुपमा दिने घोषणा गरेका छन् ।