२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दंगीशरणका क्वारेन्टाइनको स्थलगत अनुगमन

दिप्तीशिखा चौधरी,
दंगीशरण १९ असार । जिल्ला समन्वय समिती र प्रदेश सरकारको समन्वयमा आज पश्चिम दाङको स्थानीय तहमा रहेका क्वारेन्टाइनको ब्यवस्थापन र कामकाजका बारेमा अनुगमन तथा समिक्षा गरेको छ ।

जिल्ला समन्वय समिती दाङको संयोजकत्वमा प्रदेश सभा सदस्य ५ नं. प्रदेशका माननीयहरुको उपस्थितीमा विभीन्न स्थानमा रहेका क्वारेन्टाइनहरुका बारेमा अवलोकन तथा समिक्षा गरेको हो । अनुगमनका क्रममा टोलीले दंगीशरणमा रहेको क्वारेन्टाईनको समेत अवलोकन तथा समिक्षा गरेको छ ।

अवलोकन पछि समिक्षात्मक छलफलका क्रममा टोलीले दंगीशरणमा रहेको क्वारेन्टाइनको ब्यवस्थापन राम्रो रहेको निष्कर्ष निकालेको छ । सो अवसरमा माननीय सांसद दामा शर्माले प्रदेश सरकारले पिसीआर चेकजाचँका लागि ६ वटा मेसीन खरीद गरेको बताउँदै भैरवा, दाङ, बाँके र लुम्बीनी प्रादेशिक अस्पताल गरी चार ठाउँबाट पिसीआर विधीबाट चेकजाँच भैरहेको बताईन ।

सांसद शर्माले दंगीशरणमा अहिलेसम्म क्वारेन्टाईनको ब्यवस्थापन चुस्त तरीकाले भईरहेको भन्दै दशैँ र तिहारको बिचमा बाहिर देश वा जिल्लाबाट नागरीकहरु आउन सक्ने भन्दै त्यो समयमा पनि स्थानयि तहले अहिलेको जस्तै ब्यवस्थापन गर्नुपर्ने आवशयक रहेको बताईन् । यस्तै उनले सरकारले बिधालय संचालन गर्ने विषयमा पनि तत्काल निर्णय नगर्ने बताईन् ।

यस्तै माननीय अर्जुन कुमार श्रेष्ठ, माननीय विमला वलीले अन्य स्थानीय तह भन्दा दंगीशरणमा सहज तरिकाले क्वारेन्टाईन संचालन भैरहेको बताए । स्थानीय तहले ब्यहोर्न नसकेको खण्डमा स्थानीय तहले विल भरपाई पठाएमा प्रदेश मात्र नभई संघले पनि बजेट पठाउन सक्ने कुरा जानकारी दिए ।

सो अवसरमा जिल्ला समन्वय समिती दाङका उपप्रमुख श्रीधर शर्मा पौडेलले अहिलेसम्म रिपोर्टका आधारमा दंगीशरणको ब्यवस्थापन उत्कृष्ट रहेको प्रतिक्रीया दिए । सो अवसरमा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले दंगीशरणमा सबै कुराको प्रबन्ध मिलाएर कार्य भैइरहेको भन्दै कोरोना संक्रमण हुन नदिन पालीकाले छलफल र सहकार्यबाट अगाडि बढिरहेको बताए । सुरुका दिनमा अती विपन्न वर्गलाई राहत बाड्नुका साथै बाहिर देश वा जिल्लाबाट आउने नागरीकहरुलाई सुरक्षीत साथ क्वारेन्टाईनमा राख्ने ब्यवस्था गरेको र गर्दै आएको बताए ।

यस्तै उपाध्यक्ष पिमा कुमारी खड्काले नागरीकहरु लुकेर आउलान भनेर वडा वडामा जनप्रतीधिहरुलाई निगरानीमा खटाउनुका साथै प्रहरी प्रसासनहरुको सहयोग लिईराखेको बताईन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चनद्रकान्त पौडेलले क्वारेन्टाईनमा दिनमा दुई टाएम खाजा र दुई टाईम खाना खुवाउने गरेको बताउँदै खाने, बस्ने ब्यवस्थापन राम्रो गरेको बताए । भोलीका दिनमा आईपर्ने समस्यालाई मध्यनजर गर्दै पालीकाले खर्चको ब्यवस्थापनमा ध्यान दिदै कार्य गरिराखेको बताए ।

सो अवसरमा स्वास्थ्य शाखा प्रमुख दशरथ गिरीले समस्या आईपरेमा हरेक वडामा आधारभुत स्वास्थ्य चौकि राखेको बताउदै क्वारेनटाईनको रिपोर्ट जिल्लामा पठाईरहेको जानकारी दिए । दंगीशरणको दुई क्वारेन्टाईनमा रहेका ३ सय जनाको पिसीआर विधीबाट परिक्षण गरिसकेको र ४३ जनाको आरडिटी गरेकोमा ३ जनाको मात्र रीपोर्ट पोजेटिभ देखीएको जानकारी गराए ।

यस्तै प्रमुख गिरीले २ सय ८२ वटा किट खरीद गरेको र विभीन्न संघ संस्थाबाट सहयोग आउने क्रम जारी रहेको जानकारी दिए । साथै जिल्ला समन्वय समिती दाङले गाउँपालिकालाई सर्जिकल माक्स ४ सय ५० थान, ईन्फ्रारेड थर्मोमिटर १ थान, सर्जिकल ग्लोव ५० थान र ५ सय एमएल को ह्याण्ड सेनिटाईजर २ बोत्तल सहयोग स्वरुप उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीलाई सो सामग्री हस्तानतरण गरिएको हो ।