२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

बझाङमा पहिरो : ११ घर पुरिए, ठुलो क्षतिको आशंका

फाइल फोटो ।

धनगढी,
२० असार । बझाङमा पहिरो जाँदा ११ घर पुरिएका छन् । केदारस्यु गाउँपालिका वडा नम्बर ८ को एक बस्तीमा पहिरो जाँदा ११ घर पुरिएको प्रारम्भिक अनुमान छ ।

शुक्रबार राति वर्षा सँगै गाउँ माथिबाट आएको पहिरोले वडा नम्बर ८ को मल्लेसका ११ घर बगाएको प्रारम्भिक खबर आएको बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले जानकारी दिए ।

उनले पहिरोमा परि केही बेपत्ता भएको खबर आएको तर यकिन विवरण भने आइनसकेको बताए।

राति घरमा सबै सुतेको वेला पहिरो आएकाले क्षति अलि बढी नै भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रहरी प्रमुख डिएसपी बमले घटनास्थलमा प्रहरी टोली पठाइएको जानकारी दिए ।