२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुरका ६५ वर्षीय बृद्धको खोलामा डुबेर मृत्यु

सांकेतिक तस्वीर ।

तुलसीपुर, 
२० असार । दाङमा एक वृद्धको खोलामा डुवेर मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–३ का ६५ वर्षीय लोकबहादुर पुनको सल्लेबल्ले खोलामा शुक्रवार साँझ डुबेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

घटनाको अनुसन्धान भइरहेको पाँच नं. प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार वैदवारले जानकारी दिनुभएको छ ।