२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

गजल : चीनबाट कोभिड १९, आयो भन्छन् हो र ?

स्वबेन्द्र बिबस के.सी ।

गजल : 
चीनबाट कोभिड १९, आयो भन्छन् हो र ?
जताततै कोरोना रोग, छायो भन्छन् हो र ?
बिश्वभर माहामारी, फैलाउदै यसले
मानिसलाई खोजी-खोजी, खायो भन्छन् हो र ?

साबुनले हात धुनु भिडमा नजानु है
सचेत बनाउ भन्दै गीत, गायो भन्छन् हो र ?
एसिया, युरोप, अमेरिका, हुँदै बिश्व मै
कोरोनाले सबै देशमा, धायो भन्छन् हो र ?

मान्छेहरु धमाधम, मरेपछि हजारौं
कोरोनाले विश्वलाई, त्रसायो भन्छन् हो र ?
चीनबाट कोभिड १९, आयो भन्छन् हो र ?
जताततै कोरोना रोग, छायो भन्छन् हो र ?

स्वबेन्द्र बिबस के.सी.
तुलसीपुर उपमहानगरपालिका १ अबिधारा दाङ