२०७८ मङ्सिर ४ गते शनिवार
२०७८ मङ्सिर ४ गते शनिवार

मोटरसाईकलको ठक्करबाट तुलसीपुरका वडाध्यक्ष घाईते


तुलसीपुर,
२० असार । मोटरसाईकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष विरेन्द्र शाह घाईते भएका छन् ।

शनिवार विहान ९ बजेतिर मोटरसाईकलको ठक्करबाट घाईते शाहको तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारकालागि नेपालगञ्ज लगिएको छ ।

शाहलाई आफ्नै घर अगाडि उभिराखेको अबस्थामा रा ५ प ५५३ नम्बरको मोटरसाईकलले ठक्कर दिएको प्रहरीले बताएको छ ।

उनको खुट्टा भाँचिएको र अप्रेसनका लागि नेपालगञ्ज लगिएको प्रहरीले बताएको छ । मोटरसाईकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।