प्यूठान,
२० असार । शनिबार बिहान प्युठानमा मालवाहक टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
ना ७ ख ८९३८ नम्वरको टिप्पर सरुमारानी गाउँपालिका ६ मोतिपुरमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षण विष्णु पौडेलले जानकारी दिए ।
दुर्घटनामा परी नौबहिनी गाउँपालिका ६ प्युठानका टिप्पर चालक ३० वर्षका रोसन थापा र सोही ठाउँका ३५ बर्षिय सहचालक झग बहादुर पुनको मृत्यु भएको पौडेलले बताए ।
नौबहिनीको लुप्लुङबाट चुनढुंगा बोकेर दाङको कालाकाटे जाँदै गरेको टिप्पर शनिबार विहान सडकबाट करिव पाँच सय मिटर तल खसेर दुर्घटना भएको उनले जानकारी दिए ।