२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको तयारी

काठमाडौं, 
२० असार । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ ।

तीन महिनाभन्दा बढीको लकडाउनले व्यवसायी आर्थिक संकटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासंघले जनाएको छ ।

यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासंघको आरोप छ । सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् ।

लकडाउन भएपछि बैंक किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको व्यवसायीको भनाइ छ । ट्याक्सी व्यवसायीहरुले पनि सोही दिनवाट सेवा सुरु गर्ने तयारी थालेका छन् । सरकारले निजी गाडी चल्न दिएर भाडाका बस र ट्याक्सीलाई मात्र रोकेर कोरोना नियन्त्रण नहुने व्यवसायीको भनाइ छ ।