२०७८ मङ्सिर २२ गते बुधवार
२०७८ मङ्सिर २२ गते बुधवार

रुपन्देहीमा पौडी खेल्ने क्रममा बेपत्ता युवकको शव फेला

सांकेतिक तस्वीर ।

बुटवल, 
२० असार । रुपन्देहीमा पौडी खेल्ने क्रममा शुक्रबार खोलामा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

साथीहरूसँग पौडी खेल्ने क्रममा कञ्चन खोलामा डुबेर बेपत्ता भएका कञ्चन गाउँपालिका वडा ४ रूद्रपुर निवासी टेकबहादुर थापाका १८ वर्षिय अर्जुन थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खड्काले बताए ।

उनी लुम्बनी ज्ञान निकतन माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् ।

थापाको पौडि खेलेको ठाउँ भन्दा एक किलोमिटर टाढा दक्षिण तर्फ पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भईरहेको छ ।