२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

प्यूठानमा आज १३ जना कोरोना जितेर घर फर्किए

प्युठान, 
२० असार । प्युठानको ऐरावती गाउँपलिकाका १३ जना आज शनिबार कोरोना मुक्त भइ घर गएका छन ।

ऐरावती २ को मोति माबि बरौला क्वारेन्टाइनबाट २ जना र खेलकुद भवन क्वारेन्टाइनबाट ११ जना गरी विभिन्न वडाका १३ जना कोरोना मुक्त भइ घर गएको गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले जानकारी दिए ।

उनिहरुको दोश्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछी घर पठाइएको उपाध्यक्ष बस्नेतले बताए ।

उनिहरुलाई गाउँपालिका अध्यक्ष नविल विक्रम शाह, उपाध्यक्ष बुद्धबहादुर बस्नेत, स्वास्थ्यकर्मी तथा प्रहरी लगाएतको टोलीले फुल मालासहित बिदाई गरेर घर पठाएका हुन ।