२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

बझाङमा पहिरो : १७ घर पुरिए, ७ जनाको मृत्यु

फाइल तस्वीर ।

बझाङ, 
२० असार । बझाङमा शुक्रबार राती पहिरो जाँदा केदारस्यूँ गाउँपालिका ८ मल्लेस गाँउमा १७ घर पहिरोमा पुरिएका छन् भने ७ जनाको मृत्यु भएको छ।

शनिबार बिहान स्थानीय र सुरक्षाकर्मीले पहिरोमा पुरिएका लास निकालेका छन् ।

आफ्नै घरभित्र पुरिएको अवस्थामा ४० वर्षीय राममती जेठारा, उनका छोरा ११ वर्षीय प्रयागराज र छोरी ७ वर्षीया अस्मिताको लास निकालेको घटना स्थलबाट प्रहरी असै रायभान सिंह एरीले बताए।

उनका अनुसार ८० वर्षका दले जेठाराको पनि लास भेटिएको छ। पहिरोमा पुरिएका अन्य सन्तु जेठारा, गिरीजा जेठारा र लक्ष्मी जेठाराको खोजी कार्य भइरहेको उनले बताए।