२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

संक्रमित शवबाट कोरोना सर्दैन : स्वास्थ्य मन्त्रालय

संक्रमित शव आफ्नै रितिरिवाज अनुसार दाहसंस्कार गर्न सकिने

सांकेतिक तस्बिर ।

काठमाडौं, 
२० असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिबाट संक्रमण नसर्ने जनाएको छ। मन्त्रालयको नियमित प्रेस विफिङ कार्यक्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त कुरा बताएका हुन्।

‘कोरोना संक्रमण खोक्दा, हाँच्छियु गर्दा, बोल्दा निस्कने छिटाबाट सर्ने गर्दछ, डा. गौतमले भने, ‘संक्रमणबाट मृत्यु भएका मानिसबाट खोक्ने, हाँच्छियु गर्ने तथा श्वासप्रश्वास सम्बन्धि कुनै क्रियाकलाप नहुँने भएकोले संक्रमण सर्दैन।’

संक्रमण भएर मृत्यु भएपछि जमिनमा खाडल खनी, जलाई वा अन्य तरिकाले आफ्नै रितिरिवाज अनुसार दाहसंस्कार गर्न सकिने डा. गौतमले बताए।

शवबाट संक्रमण नसर्ने हुँदा सामान्य सावधानी अपनाएर शवको व्यवस्थापन गर्न सकिने उनले बताए। नेपालमा हालसम्म १५ हजार ४ सय ९१ जनामा कोरोना संक्रमण भएको छ। जसमध्ये ३४ जनाको मृत्यु भएको छ।