२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

क्‍वारेन्टाइनबाट भागेका व्यक्तिमा कोरोना पोजिटिभ

पाल्पा, 
२० असार । पीसीआर विधिबाट स्वाब परीक्षणका लागि पठाएको रिपोर्ट आउन ढिलाई भएको भन्दै क्‍वारेन्टाइनबाट भागेका ८ मध्ये १ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

तिनाउ गाउँपालिका–३, झुम्साको तिलोत्तमा क्वारेन्टाइनबाट बिहीबार भागेकामध्ये १ जनाको रिपोर्ट पोजिटिभ आएको हो । उनीहरुको पीसीआर रिपोर्ट शुक्रबार आएको तिनाउ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले बताए ।

तिनाउ गाउँपालिका–५, घुँघराछापका ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो । उनीसँगै उनका छोरा, सोही वडाको बिस्कुनडाँडाका २, साविक कोलडाँडाका २, तिनाउ–४, सत्यवती लगाडका १ जना भागेका थिए । भागेर गए पनि उनीहरुलाई गाउँमा पुगेपछि घरमा बस्न भने दिएका छैनन् ।

स्वास्थ्य शाखा प्रमुख कार्कीका अनुसार सबैलाई नजिकको विद्यालयका साथै खाली घरमा राखिएको छ । एक जनालाई पोजिटिभ आएकाले अब उनीहरुसँगको कन्ट्याक्टमा को(को आए भन्नेतर्फ खोजी भइरहेको उनले बताए । उनीहरु क्‍वारेन्टाइनमा बसेको २२ दिन भइसकेको खबर कान्तिपुरमा प्रकाशित छ ।