२०७८ असार ४ गते शुक्रवार
२०७८ असार ४ गते शुक्रवार

बाघको छाला र हड्डीसहित एक जना पक्राउ

फाइल तस्बिर ।

नेपालगञ्ज,
२० असार । बाँकेमा बाघको छाला र हड्डीसहित आज एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश नं ५ को प्रहरी ब्युरो टोलीले राप्तीसोनारी गाउँपालिका—१ का नवराज घर्तीलाई बाघको छाला एक थान र हड्डी ११ किलोसहित पक्राउ गरेको हो ।

यसैबीच बाँके प्रहरीले जाँचका क्रममा २५ वर्षीय भारतीय मुमताजअहमद सिद्धिकीबाट २४ ग्राम ब्राउन सुगर पनि बरामद गरिएको जनाएको छ ।