२०७८ मङ्सिर ३ गते शुक्रवार
२०७८ मङ्सिर ३ गते शुक्रवार

रोकी राखेको ट्याक्टर चलाउन खोज्दा एक किशोरको मृत्यु

फाइल तस्वीर ।

प्युठान,
२० असार । प्युठानमा रोकी राखेको आफ्नै ट्याक्टर चलाउन खोज्दा एक किशोरको ज्यान गएको छ ।

रोकेर राखेको आफ्नै ट्याक्टर चलाउन खोज्दा शनिबार दिउँसो करीब २ बजेतिर नौबहिनी गाउँपालिका वडा नम्बर ७ का १५ बर्षिय प्रकाश कुवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।

मृतक किशोरले सडकको किनारामा रोकेर राखेको लु.२ त ५८२६ नम्बरको आफ्नै ट्याक्टर चलाउन खोज्दा क्लोज प्लेट चलाउने क्रममा एक्कासी ट्याक्टर गुडेपछी दुर्घटना भइ घटनास्थलमै उनको ज्यान गएको पौडेलले बताए ।

ट्याक्टर सडकको छेउबाट झन्डै एक सय ५० मिटर तल झरेको उनले जानकारी दिए ।