२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

जिउँदो लास बनेका मनबहादुरलाई सञ्चारकर्मी वलीको सहयोग

तुलसीपुर, 
२० असार । संचारकर्मी एंव गायक नबिन वलीले आफ््नो छोरीको जन्मदिनमा तुलसीपुरको ६ गोलौरामा विगत ३ वर्षदेखि प्रेसरको रोगले थलिएर बसेका मनवहादुर विकको पविारलाई सहयोग गरेका छन् ।

छोरी निर्जरा वलीको जन्मदिनको अवसरमा अति विपन्न तथा असहाय विकको परिवालाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका हुन । मनवहादुर विक विगत ३ वर्षदेखि प्रेसरले हानेर जिउँदो लास वनेका छन् । न वोल्न सक्छन् न हिड्न सक्छन् । विकको हात खुट्टा केही चल्दैन, विस्तारमा पल्टेको पल्टै छन् । उनको औषधी उपचार गर्दा गर्दा भएको जग्गा जमिन पनि सकिएको छ, र अहिले उनी जग्गा जमिन विहिन भएका छन् ।

‘औषधी उपचार गर्दा जग्गा जमिन सवै वेचि सकियो, अहिले अर्काको घरमा डेरामा बस्छौं’ उनकी श्रीमती तुलसा विकले बताइन् । सानो कोठामा भाडामा वसेका विकको परिवारको खानाका लागि न त अन्नपात छ, न त किन्नलाई पैसा, समस्या नै समस्यामा रहेको छ विकको परिवार । हाल घरवेटीले भाडा नलिदा केही राहत भएको तुलसाले वताइन् । यो सानो कोठामा हामी दुई जना बस्छौ तुलसाले भनिन्,–“एउटा छोरा कहाँ छ, कहाँ सम्पर्क विहिन छ, अर्को छोरा दिनरात रक्सी खाएर लोफर भाको छ, कुलतमा लागेको छ, उल्टै म संग भएको पैसा पनि लैजान्छ हामीलाई थर्काउछ ।” हामी जस्ता गरिव दुखीलाई बाच्न गाह्रो हुँदो रैछ तुलसाले दुखेसो पोखिन् ।

आफुहरुको यस्तो समस्यामा पनि सम्वन्धित निकाय केही सहयोग नगरेको उनको भनाई छ । पिडाको वेलामा विक पविारलाई सञ्चाकर्मी वलीले सक्दो सहयोग गरेका छन् । छोरीको जन्मदिन मनाउने उक्त रकमले आर्थिक अवस्था निकै कमजोर भएका बिकको परिवारलाई चालम, नुन, दाल, तेल, तरकारी र नगद सहयोग गरेको वलीले बताए ।

विक परिवारको अवस्था देखेर मानवीय धर्म निभाएको उनको भनाई छ । साथै सञ्चारकर्मी वलीले मनवहादुर विकको अवस्था निकै नाजुक भएकाले सवैले उनलाई सहयोग गर्न आग्रह गरेका छन् ।