२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

दुई मोटरसाइकल आपसमा ठोक्किदा एकको मृत्यु, ३ घाइते

सांकेतिक तस्वीर ।

बुटवल,
२१ असार । रुपन्देहीमा एक आपसमा दुई वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ, भने अन्य ३ जना घाइते भएका छन् ।

आइतबार साँझ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ टिकुलीगढ स्थित भित्री सडकमा लु ५९ प ४७२३ र लु ३ प ७६२६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा तित्तोतमा १४ बगुधाराका २५ वर्षीय बलिाराम चौधरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजकुमार बैदाबारले बताए ।

उनको उपचारको क्रममा मणिग्राम रहेको क्रिमशन अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी तिलोत्तमा १४ का २१ वर्षका बल बहादुर चौधरी, तिलोत्तमा ७ का २६ वर्षमा गोबिन्ध चौधरी र २२ वर्षका सुदिप चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते तीनै जनाको क्रिमशन अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर थप घटनाका बारेमा अनुसन्धान गरेको छ ।