२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

भारतमा एकैदिन २५ हजारमा कोरोना भाइरस संक्रमण

काठमाडौं,
२१ असार । कोरोना भाइरसका कारण भारतमा एकैदिनमा झण्डै २५ हजार जना संक्रमित भएका छन् ।

सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना संक्रमित भएका छन् ।

दैनिक रुपमा संक्रमित हुनेहरुको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले जानकारी दिएका छन्।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार योसँगै भारतमा कुल संक्रमितको संख्या छ लाख ७३ हजार १६५ पुगेको छ ।

तीमध्ये दुई लाख ४४ हजार ८१४ जना अहिले पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको संख्या बढेर चार लाख नौ हजार ८२ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु भएकाहरुको कुल संख्या १९ हजार २६८ पुगेको छ ।

ती मध्ये ६१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।