२०७८ मङ्सिर १८ गते शनिवार
२०७८ मङ्सिर १८ गते शनिवार

मानसिक रुपमा विछिप्त पुरुष खोला किनारमा मृत फेला

सांकेतिक तस्वीर ।

बुटवल, 
२१ असार । रुपन्देहीको सैनामैनामा एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाको कञ्चन गाउँपालिका १ का २६ वर्षीय कुलबहादुर कुँवर आइतबार मृत अवस्थामा फेला परेका हुन् । उनी सैनामैना नगरपालिका वडा ११ मसुरीभाटामा रहेको कञ्चन खोला किनारमा मृत भेटिएका थिए ।

मानसिक रुपमा विछिप्त उनी आफैं वा कसैले खोलामा धकेलेर बगेको र मृत्यु भएको हुनसक्ने प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजकुमार बैदावरले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।