२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

कांग्रेसका महामन्त्री र नेता गिरीले भेटे घाईते वडाध्यक्षहरुलाई

 दाङ, 
२१ असार । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईराला र नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले काठमाण्डौको ह्याम्स हस्पिटलमा उपचारत दाङका दुईवटा वडा अध्यक्षलाई भेटर स्वास्थ्य अवस्थाको वारेमा जानकारी लिनु भएको छ ।

विप्लव नेतृत्व नेकपाका कार्यकर्ताको सांघातिक आक्रमणबाट घाइते शान्तिनगर गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष फर्साराम डाँगी र मोटर साइकल दुर्घटना परी घाइते भएका तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का वडा अध्यक्ष विरेन्द्र शाहको स्वास्थ्य अवस्था वारेमा जानकारी लिनु भएको हो ।

उपचारत वडाध्यक्षहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।