२०७८ मङ्सिर ३ गते शुक्रवार
२०७८ मङ्सिर ३ गते शुक्रवार

तुलसीपुरमा ४३ बर्षीय एक पुरुष मृत फेला

सांकेतिक तस्वीर ।

तुलसीपुर,
२१ असार । तुलसीपुरमा उपमहानगरपालिका वडा नं. ७ पर्सेनीमा एक जना पुरुष मृत फेला परेका छन् ।

पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार पर्सेनी निबासी ४३ बर्षिय शिवलाल भण्डारी मृत फेला परेका हुन् ।

शनिवार साँझ घरमा खाना खाई सुतेका भण्डारी आईतवार विहान ८ बजे सम्म पनि नउठेपछि घरपरिवारले उठाउन जाँदा मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

उनले शनिवार साँझ अत्यधिक मादक पदार्थ सेवन गरेकै कारण निधन भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।