२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

सल्यानमा सेनाको सहयोगमा ४ कोठे प्रसूती गृह निर्माण

नेपाली सेनाको सहयोगमा दार्मा गाउँपालिकामा निर्माण गरिएको प्रसूतिगृह ।

सल्यान,
२१ असार । नेपाली सेनाको सहयोगमा सल्यानको दार्मा गाउँपालिकामा प्रसूतिगृह निर्माण गरिएको छ ।

स्थानीय स्वास्थ्यचौकीमा प्रसूति सुविधा नहुँदा गर्भवती महिलालाई चेकजाँच गराउन बाग्चौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजानुपर्ने बाध्यता थियो ।

सेनाले गाउँपालिकाका झन्डै ७ सय महिलालाई लक्षित गरी प्रसूति गृह निर्माण गरेको हो ।

गाउँमा प्रसूतिगृह नहुँदा महिलाहरु ज्यान जोखिममा राखी सुत्केरी हुन बाध्य थिए । नेपाली सेनाको मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलको संयोजन तथा सिमखर्कस्थित सवुज गणको २५ लाख रुपैयाँ लगानीमा बर्थिङ सेन्टरका लागि भवन निर्माण गरिएको हो ।

सेनाको सहयोगमा ४ कोठे प्रसूती गृह निर्माण भएपछि गर्भवती महिलालाई राहत मिलेको गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले बताए । उनका अनुसार सेनाले आवश्यक उपकरण र औषधिसमेत उपलब्ध गराएको खबर कान्तिपुरमा प्रकाशित छ ।