२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

मोटरसाईकलको ठक्करबाट बबईका राना घाईते

बबई,  
२१ असार । मोटरसाईकलको ठक्करबाट पश्चिम दाङमा साईकलयात्री घाईते भएका छन् ।

पंचकुलेबाट तुलसीपुर तर्फ जाँदै गरेको रा३प ८१९२ नम्बरको मोटरसाईकलले सोही दिसामा गइहेको साईकललाई ठक्कर दिदा बबई गाउँपालिका–६ कटकुईयाँ निबासी ४५ बर्षका सर्दे राना घाईते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

ठक्कर दिने मोटरसाईकल र चालकलाई बागर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।