२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

मोटरसाईकलको ठक्करबाट ४ बर्षीया बालिका गम्भीर घाइते

सांकेतिक तस्वीर ।

बबई, 
२१ असार । पश्चिम दाङमा मोटरसाइकलको ठक्करबाट ४ बर्षीया बालिका गम्भीर घाइते भएकी छिन् ।

बबई गाउँपालिका वडा नं. ६ खिलतपुरमा पूर्वबाट पश्चिमतर्फ गईरहेको रा ४ प ७४६४ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने पूर्ण बहादुर वलीको ४ बर्षीया छोरीलाई ठक्कर दिदा घाईते भएको प्रहरीले बताएको छ ।

प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार उनको कोहलपुरमा उपचार भईरहेको छ ।

चालकलाई नियन्त्रणमा लिईएको छ ।