२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

दंगीशरणको नमुना यूवा संसदमा नयाँ कार्यसमिती चयन

दिप्तीशिखा चौधरी, 
दंगीशरण २२ असार । दंगीशरण गाउँपालिकाको नमुना यूवा सांसदको दोस्रो पटकको संसद बैठकले नयाँ कार्यसमिती चयन गरेको छ ।

संसद बैठकले राष्ट्रपति रमिता चौधरीको कार्यकाल समाप्त भएपछि प्रधानमन्त्री चक्रमिलन बिश्वकर्माको अध्यक्षतामा बैठक डाकी नयाँ मन्त्रीहरु चयन हुने गरी नयाँ कार्यसमिती चयन गरेको हो । पहिलो दिनको बैठकले पूर्व शिक्षा विज्ञान तथा प्रविधी मन्त्री प्रविन योगी प्रधानमन्त्रीमा चयन गर्ने निर्णय गरी समाप्त भएको थियो ।

त्यस्तै नमुना यूवा सांसदको बैठकले सबै पदमा नयाँ सांसदहरुलाई चुनेको छ । पूराना सांसदहरुलाई विदाई गर्दै संसद बैठकले नयाँ सांसदहरुलाई विभीन्न पदमा कार्यविभाजन सहित नयाँ कार्यसमिती चयन गरेको हो । जसको सभामुखमा सुनिता चौधरी, राष्ट्रपति चक्रमिलन विश्वकर्मा, प्रधानमन्त्री प्रविन योगी, स्वास्थ्य तथा जनसंख्या मन्त्री सरीता चौधरीलाई चयन गरिएको थियो ।

यस्तै संसद बैठकले महासचिव र उप–सभामुखमा अर्को बैठकमा चयन हुने गरी पद रीक्त राखेको जनाएको छ । संसद बैठकले शिक्षा मन्त्री चिरञ्जीवी अधिकारी, सामान्य प्रशासन मन्त्री सीता गिरी, गृहमन्त्री हरी प्रशाद डांगीलाई चयन गरेको सर्वसम्मत रुपमा चयन गरेको छ ।

यस्तै प्रतिपक्ष दलका नेता अन्कित आचार्य, सचेतक प्रतिज्ञा अधिकारी,जमुना योगि, तिला गिरी, बिन्दु सुनार, प्रबिन चौधरी, लक्ष्मी भण्डारी रहेका छन् भने सत्ता पक्षको सचेतकमा नविन देवकोटा रहेका छन् ।