शान्तिनगर,
२२ असार । वडाध्यक्षको हेलिकप्टर देखि सम्पुर्ण औषधि उपचार खर्च शान्तिनगर गाउँपालिकाले व्यहोर्ने भएको छ । कार्यकक्षमै कुटपिट गरेकाले वडाध्यक्ष फर्साराम डाँगीको उपचारमा लाग्ने सबै खर्च गाउँपालिकाले व्यहोर्ने गरि कार्यपालिकाले निर्णय गरेको शान्तिनगर गाउँपालिका प्रवक्ता रबि बुढाथोकीले जानकारी दिए । त्
यसैगरी घटना निन्दनिय भएको भन्दैे घोर भ्रत्सना एवम् स्वास्थ्य लाभको कामना गर्ने समेत कार्यपालिको निर्णय गरेको छ ।
अहिलेसम्म हेलिक्पटरको ३ लाख ५० हजार रुपैयाँ खर्च आएको छ,’ प्रवक्ता बुढाथोकीले भने– ‘उपचार काठमान्डौको हेम्समा भइरहेको छ । त्यसको खर्च आएको छैन जति लाग्छ गाउँपालिकाले व्यहोर्छ ।’
बैठक गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीको अध्यक्षतमा बसेको थियो । शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्सारामा डाँगीमाथि असार १६ गते कुटपिट भएको थियो । कुटिपटको विप्वल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लिएको थियो ।
आक्रमण आरोपमा थप २ जना पक्राउ :
शान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगी माथि भएको आक्रमणको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले भलानेटीबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका –३ भलानेटी निबासी २३ बर्षका आकास केसी र खड्क बहादुर विक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएका छ ।
घटनाको अनुसन्धानका लागि आकासलाई आज बिहान र खड्कालाई हिजो पक्राउ गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए । यस अघि प्रहरीे ३ जनालाई पक्राउ गरिसकेको छ । वडाध्यक्ष डाँडी माथि भएको आक्रमणको जिम्मा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिम्मा लिएको थियो ।