२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

भालुको आक्रमणबाट सल्यानमा एक महिला गम्भीर घाइते

सल्यान,
२२ असार । सल्यानमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छन् ।

घाईते हुनेमा कालीमाटी गाउँपालिका–१ लुनारे निबासी ५२ बर्षकी बुद्धि रावत रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

गम्भिर घाईते रावतको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।

रावतलाई आज बिहान घर नजिकै रहेको वनमा घाँस काट्ने क्रममा भालुे आक्रमण गरेर घाईते बनाएको थियो ।