२०७८ कार्तिक ३० गते मङ्गलवार
२०७८ कार्तिक ३० गते मङ्गलवार

प्रदेश ५ लगायतका स्थानमा भारी बर्षाको सम्भावना

फाइल तस्बिर ।

काठमाडौं, 
२३ असार । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जसअनुसार देशभरको मौसममा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । देशका धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बाग्मती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। आज राती देशभर साधारणतया बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदुरपश्चिम प्रदेश, प्रदेश ५, बाग्मती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक, दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुन न्यून चापीय रेखा नेपालको तराइ भू–भाग नजिक रहने भएकाले आउँदो बिहीबार रातीबाट नेपालमा मनसुन सक्रिय हुने देखिएको छ ।

जसका कारण तराइ र पहाडका केही स्थानमा भारी बर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।