२०७९ असोज २१ गते शुक्रवार
२०७९ असोज २१ गते शुक्रवार

रोल्पामा सडकबाट लडेर एक मजदुरको मृत्यु

सांकेतिक तस्वीर ।

रोल्पा,
२३ असार । सडकबाट लडेर रोल्पामा एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको माडी गाउँपालिका २ घर्तिगाउँमा सडकमा लड्दा कैलाली टिकापुर घर भई हाल घर्तिगाउ बस्दै आएका एक मजदुरको मृत्यु भएको हो ।

सोहि ठाउँको सडक बाटोमा मजदुरी गदै आएका ६४ बर्षिय एक पुरुषको सोमवार बेलुकी साढे पाँच बजे सडकबाट एक्कासी लड्दा मृत्यु भएको पाँच नम्वर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।