२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

दुर्घटनामा परी दाङका नृत्य निर्देशक चौधरीको मृत्यु

दाङ,
२३ असार । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका राष्ट्रिय नाचघर काठमाण्डौंमा कार्यरत दाङका कलाकार गोरन चौधरीको मृत्यु भएको छ ।

चौधरी गत शुक्रबार राति करिब दश बजे काठमाडौंको चपली भन्ने स्थान नजिकै मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए । चौधरी लमही नगरपालिका वडा नम्बर ६ लङडी निवासी हुन् ।

कलाकार चौधरीसंगै मोटरसाइकलमा सवार अर्का रामेछाप जिल्लाका तिलक सुनुवारको दुर्घटनामा परि मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका गोरनको काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको थियो । उनको उपचारकै क्रममा मंगलवार बिहान ९ बजे निधन भएको कलाकार बिपिन घिमिरेले जानकारी दिए ।

२०६१/६२ मा स्थायी कर्मचारीका रुपमा जागिरे जिवन शुरु गरेका चौधरी नृत्य क्षेत्रमा निकै अब्बल मानिन्थ्ये । पछिल्लो समययता गोरन म्युजिक भिडियोमा अत्यन्तै ब्यस्त कलाकारका रुपले चिनिन्थे । साथै विभिन्न मेला महोत्सवमा आम दर्शकहरुले धेरै रुचाईएका कलाकार मध्ये उनी पनि एक थिए ।

स्रोत : तुलसीपुर खबर