२०७८ मङ्सिर ५ गते आइतवार
२०७८ मङ्सिर ५ गते आइतवार

राप्ती नदीले बगाउँदा एक महिलाको मृत्यु

सांकेतिक तस्वीर ।

तुलसीपुर,
२३ असार । दाङकी एक महिलाको राप्ती नदीले बगाउँदा मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नं. ४ मौरीघाट निवासी ५२ बर्षीया बशन्ता गिरीको मंगलवार राप्ती नदीले बगाउँदा मृत्यु भएको हो ।

गिरीको शव ११ किलोमिटर दक्षिण वडा नं. ३ मा फेला परेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार मंगलावार विहान ४ बजेतिर उनी कसैलाई केही नभनेर घरवाट निस्किएकी थिइन ।

भालुवाङस्थित राप्ती नदी पुलको आसपासवाट बगेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

घटनावारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।