सांकेतिक तस्वीर ।
प्यूठान,
२३ असार । प्यूठानमा मंगलवार ढुङ्गाले लागेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको माण्डवी गाउँपालिका–१ का २९ वर्षीय डोर बहादुर कुँवरको माथिबाट खसेको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।
मृतक युवकले बिरुवा रोप्दै गरेको अवस्थामा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका थिए । घाइते युवकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार लैंजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक पौडेलले बताए ।
निर्माणाधिन देविस्थान तिराम सडकखण्डबाट ढुङ्गा खसेर कुँवरलाई लागेको बताइएको छ ।