२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

आकासियो कुखुराको मासुको मुल्य

दाङ,
२३ असार । पछिल्लो समय ब्रोइलर कुखुराको मासुको मूल्य आकासिएको छ ।

लकडाउनको सुरुवाती समयमा ह्वात्तै घटेको बा्रेइलर कुखुराको मासु दिन प्रतिदिन बढ्दै गएको छ । लकडाउनको सुरुवाती समयमा ब्रोइलर कुखुराका व्यवसायीहरुले दानाको अभावमा प्रति ब्रोइलर कुखुरा २ सयका दरले पनि विक्रि वितरण गरे, भने काटेको प्रति केजी एक सयान पनि वेचे । तर अहिले ब्रोइलरको मासुको मुल्य ह्वात्तै बढेको उपभोक्ताहरु बताउँछन् ।

ब्रोइलर कुखुराको मुल्य ३ सय ९० देखि ४ सय रूपैयाँसम्म पुगेको छ। यसरी कुखुराको मुल्य थेग्नै नसक्ने गरी बढेपछि उपभोक्ता समस्यामा परेका छन् । ब्रोइलर कुखुराको मासु खानै नसक्ने गरी बढेको शान्तिनगर ५ कि चन्द्रा खड्काले बताउनु भयो । मुल्य किन यसरी दिन प्रतिदिन आकासिएको छ, यसले उपभोक्ताहरुलाई समस्या पर्न गएको खड्काले बताइन् ।

हिजो आज मासु नखाई खाना रुची नहुनेलाई निकै समस्या परेको छ । कुनै बेला काटेको थोरै मासु तर दिन दिनै मासु खानेहरु ब्रोइलर मासु खान छोड्ने अवस्था आउन लागेको उनिहरु बताउँछन् । बजारमा कुखुराको अभाव भएपछि मूल्य बढेको मासु व्यवसायी बताउछन् ।

महंगो मुल्यमा कुखुरा ल्याउने गरेको र काटेर आफुले पनि महंगोमा नै वेच्नु परेको गरेको शान्तिनगर १ का मासु व्यवसायी मोतिराम दर्लामीले बताए । लकडाउनमा पहिले हामीले पनि सस्तोमा मासु काटेर वेच्यौँ, अहिले हामीलाई महंगो मुल्य पर्न गएको छ । त्यसैले काटेरको मासु ४ सय सम्ममा वेच्ने गरेको दर्लामीले बताए ।