२०७८ मङ्सिर ५ गते आइतवार
२०७८ मङ्सिर ५ गते आइतवार

प्यूठानमा एकैदिन ३३ जनाले जिते कोरोना भाइरस

प्यूठान, 
२३ असार । मंगलबार प्युठानका विभिन्न आइसोलेसनबाट कोरोना मुक्त भइ ३३ जना घर गएका छन ।

स्वास्थ्य कार्यालय प्युठानका अनुसार आज कोरोना मुक्त भइ घर जानेहरु प्युठान नगरपालिकाका २४ जना र मल्लरानी गाउँपालिकाका ९ जना रहेका छन ।

जिल्लामा योसङ्गै हालसम्म कोरोना मुक्त भइ घर जानेको संख्या १ सय ५३ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हालसम्म ३ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ सय ५३ जना घर गएपछी अब विभिन्न आइसोलेसनमा १ सय ७४ जना रहेका छन ।

कार्यालयका अनुसार जिल्लाका विभिन्न क्वारेन्टाइनमा अब ५ सय ५८ नागरिक रहेका छन, भने २ सय ३२ जनाको पिसिआर नतिजा आउन बाँकी रहेको छ ।