२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

कृषि समूहलाई हाते ट्रयाक्टर हस्तान्तरण

शान्तिनगर, 
२४ असार । शान्तिनगर गाउँपालिका वडा नं ७ ले कृषि प्रयोजनको लागि कृषि समूहलाई हाते ट्रयाक्टर हस्तान्तरण गरेको छ ।

कृषि समूहको ५० प्रतिशत र वडाको ५० प्रतिशत अनुदानमा ४ वटा कृषिसमूहलाई एक –एक वटा हाते ट्याक्टर हस्तारन्तरण गरिएको हो ।

कृषकहरुलाई परम्परागत खेतीपाती भन्दा फरक आधुनिक प्रविधिसंग जोड्न हाते ट्याक्टर हस्तारन्तरण गरिएको वडा अध्यक्ष पिमलाल वली बताउनु भयो ।

वडा अध्यक्ष वलीका अनुसार हिलेखालि कृषि सहकारी, धनौरा कृषि समूह, निरधन कृषि समूह तुलसीपुर, र खैरेनी कृषिलाई हाते ट्याक्टर प्रदान गरिएको छ ।

हाते ट्याक्टरले कृषकलाई आधुनिक कृषि गर्न सहज हुने अपेक्षा लिइएको छ ।