२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

कुलोमा नुहाउन गएका पुरुषको डुबेर मृत्यु

सांकेतिक तस्वीर ।

तुलसीपुर, 
२४ असार । घर नजिकै रहेको कुलोमा डुबेर तुलसीपुर–८ अश्वाराका ४८ बर्षीय केशव भण्डारी ज्यान गएको छ ।

मंगलबार बेलुकी खेतबाट आएर घर नजिकै रहेको लौबस्ताको कुलोमा नुहाउन गएका भण्डारीलाई कुलामा घोप्टो अवस्थामा देखेपछि स्थानीयले उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएका थिए ।

उनको अस्पतालमा उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।