२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

महासंघको चुनावी माहोल : केन्द्रिय सदस्यमा दाङबाट रिजाल

तुलसीपुर, 
२४ असार । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल तातिएको छ । चैत अन्तिम साता हुनुपर्ने चुनाव कोरोना महामारीका कारण साउन २५ र २६ गतेका लागि सारिएको थियो । नयाँ मिति तय भएसँगै यतिबेला आकांक्षीहरूले दौडधुप तीव्र बनाएका छन् ।

विधान अनुसार महासंघको आगामी नेतृत्व शेखर गोल्छाले गर्ने पहिल्यै तय छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था विधानमा भएकाले उनको नेतृत्व निश्चित रहेको हो । अबको मुख्य प्रतिस्पर्धा वरिष्ठ उपाध्यक्षमा केन्द्रित हुनेछ । वरिष्ठ उपाध्यक्ष पदका लागि हालका उपाध्यक्षद्वय चन्द्र प्रसाद ढकाल र किशोर प्रधान चुनावी मैदानमा उत्रिदैछन् ।

उनीहरूले औपचारिक रुपमै उम्मेद्वारी घोषणा गरेर यतिबेला भेटघाटलाई तीव्रता दिएका छन् । आफ्नो पक्षमा माहोल बनाउन उनीहरू दुवै यतिबेला सक्रिय छन् । केन्द्रिय सदस्यमा दाङबाट रिजालको उम्मेदवारी दर्ता तुलसीपुर उद्योग वाणिज्य सघंका पुर्ब अध्यक्ष सरसफाई अभियान्ता एंव् सफल युवा व्यवसायी बिमल रिजालले केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा गरेर आफ्नो चुनावी अभियानलाई पुनः तिब्रता दिने तयारीमा लागेको छन् ।

कोभिड १९ को महामरी भित्रिय संगै स्थगित भएको चुनावी अभियान महासंघको पछिल्लो निर्णय सार्बजनिक भए पछि पुनः देशभर चुनावी सर्गर्मी बढ्न थालेको हो । तुलसीपुर उद्योग वाणिज्य संघ लगायत देशैभरीका निजि क्षेत्रले स्थानीय सरकार संग मिलेर कोरोना नियन्त्रण अभियानमा महत्वपुर्ण भुमिका खेलि रहेको भन्दै केन्द्रिय सदस्य पदका उम्मेदवार बिमल रिजालले अझै पनि निजि क्षेत्रको भुमिका महत्वपुर्ण रहेको बताए ।

साथै भविष्यमा आईपर्ने हरेक गतिविधिहरु संग जुधेर सामना गर्न आफुहरु निरन्तर लागि पर्ने रिजालले बताए । बेला बेलामा उत्पन्न हुने महामारी र प्रकोप नियन्त्रण गर्न स्थानीय सरकार र प्रशासनको भुमिकालाई प्रभाबकारी बनाउने प्रतिवद्धता निजि क्षेत्रबाट आए सगैं स्थानिय स्तरमा काम गर्न थप उर्जा थपिएको जनप्रतिनिधिहरुले जनाएका छन् ।

मगंलबार तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको आकस्मिक बैठकले पुनः महासंघको केन्द्रिय सदस्यमा पुर्व अध्यक्ष बिमल रिजालको नाम सर्बसम्मत पारित गर्दै नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितीको सदस्य पदमा उम्मेदवारी दर्ता गराएको छ ।

देशभरका जिल्लाहरुबाट उत्साहजनक समर्थन पाएका केन्द्रिय सदस्य पदका उम्मेदवार रिजालले समाजमा गरेको योगदान र तुलसीपुर उद्योग बाणिज्य संघको नेतृत्वमा रहदा ल्याएका लोकप्रिय कार्यक्रमहरु, सरसफाई अभियानको मोडेल, बन्द भएको दाङ एयरपोर्ट सन्चालन देखि सभाहल निर्माणका प्रक्रियाहरु उदाहरणीय कामको रुपमा लिने गरिएका छन ।

प्रत्यक्ष निर्बाचनबाट १८ जना केन्द्रिय सदस्यहरु निर्बाचित हुने विधान तह व्यवस्था महासंघको रहेको छ भने १८ जना मध्य टप फाईभ भित्र तुलसीपुरबाट बिमल रिजाल पर्ने आंकलन महासंघको बर्तमान नेतृत्वले गरेको छ ।