२०८१ माघ २९ गते मङ्गलवार
२०८१ माघ २९ गते मङ्गलवार

संक्रमित १६ हजार ४ सय २३ पुगे, निको हुने ७ हजार ७ सय ५२

सांकेतिक तस्वीर ।

काठमाडौं, 
२४ असार । पछिल्लो २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप दुई सय ५५ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

यस्तै नेपालमा अहिलेसम्म ७ हजार सात सय ५२ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा थप दुई सय ५३ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्किनेको सङ्ख्या ७ हजार ७ सय ५२ पुगको हो ।

यो सङ्ख्या कुल सङ्क्रमितको ४७ दशमलव २ प्रतिशत हो ।

आजसम्म क्वारेण्टीनमा २५ हजार ४० जना र आइसोलेशनमा आठ हजार ६ सय ३६ जना रहेका छन् ।