२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

सल्यानमा घर बाहिर निस्कदा मास्क नलगाए एक सय जरिवाना

फाइल तस्वीर ।

सल्यान,  
२५ असार। सल्यानमा मास्क नलगाएर घर बाहिर निस्किएमा जरिवाना तिर्नुपर्ने ब्यबस्था गरिएको छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएको अबस्थामा आबश्यक साबधानी अपनाउँदै यसको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन अनिवार्य रुपमा मास्क लगाउनु पर्ने ब्यबस्था गरिएको हो ।

यदी कसैले घर बाहिर निस्कदा मास्क नलगाएको पाइएमा एक सय जरिवाना तिर्नुपर्ने ब्यबस्था गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

साथै अति आबश्यकीय काम पर्दा बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको सल्यान प्रहरी प्रमुख डिएसपि ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

यस्तै बारबार कानुन उल्लघन गरेर मास्क नलगाएको पाइएमा अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १०६ वमोजिम ६ महिना सम्म कैद वा ५ हजार रुपैँया सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उहाँको भनाई छ ।