फाइल तस्वीर ।
सल्यान,
२५ असार । सल्यानकाे दार्मा गाउँपालिका ४ सरसुखोलामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे घटनास्थलमै ज्यान गएकाे छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
बिहिवार बिहान कुमाख गाउँपालिका ५ नेटाबाट रुकुम चौरजहरी जाँदै गरेकाे रा १ त ४३८७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर धनी कुमाख ५ झारकाँडाका तिलक थापाकाे मृत्यु भएकाे हाे ।
दुर्घटनामा परि साेही ठाउँका सहचालक गम्भीर घाइते भएका छन् । गाडी धनीले ट्याक्टर भर्खर मात्र चलाउँदै गरेकाे र राती चलाएकाेले निद्राले च्यापेकाे हुँदा दुर्घटना भएकाे बुझिएकाे छ ।