२०७९ असोज १२ गते बुधवार
२०७९ असोज १२ गते बुधवार

बर्दियामा अतिक्रमित बस्ती हटाउन खोज्दा झडप

फाइल तस्वीर ।

बर्दिया,
२५ असार । बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा अतिक्रमित बस्ती हटाउन गएका निकुञ्ज कर्मचारी र स्थानीयबीच बिहीबार झडप भएको छ । बिहीबार बिहानै बस्ती हटाउन निकुञ्जको टोली पुगेपछि स्थानीय विरोधमा उत्रिएका हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्जले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएको भन्दै ५४ वटा घर हटाउने तयारी गरेको छ । स्थानीयले भने आफूहरू वर्षौंदेखि त्यहीँ बस्दै आएकाले नहट्ने अडान लिएका छन् ।

स्थानीय र निकुञ्जको टोलीबीच अहिले पनि झडप जारी रहेको वडाध्यक्ष राधा चौधरीले बताइन् । ‘निकुञ्जले हरेक दिन स्थानीयलाई पक्रेर लैजाने र सादा कागजमा सही गराउने गर्थ्यो,’ उनले भनिन्, ‘आज पनि दुई जनालाई पक्रेर लैजान खोजेपछि झडप भएको हो ।’

निकुञ्जका वार्डेन अणनाथ बरालले भने अतिक्रमित बस्ती भएकाले हटाउन कर्मचारी खटाइएको बताए । ‘बस्ती खालि गरेरै छाड्छौं,’ उनले भनेको खबर कान्तिपुरमा प्रकाशित छ ।