२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

छोटो दूरीमा सार्वजनिक यातायातका सञ्चालन गर्न दिने

काठमाडौं, 
२५ असार । सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ ।

बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताए ।

काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।

मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताए ।