२०८१ माघ २७ गते आइतवार
२०८१ माघ २७ गते आइतवार

पाँच जिल्ला कोरोनामुक्त, ७ हजार ८९१ जनाले जिते कोरोना

काठमाडौं, 
२५ असार । पछिल्लो समय कोरोना संक्रमण घट्दै गएपछि पाँच जिल्ला कोरोनामुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पाँच जिल्ला कोरोनामुक्त भएको जानकारी दिए। धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोनामुक्त भएको उनले पुष्टि गरेका हुन्।

यस्तै मन्त्रालयका अनुसार ६ जिल्लामा भने कोरोना संक्रमित बढिरहेका छन् । महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५ सय भन्दा बढी कोरोनाका बिरामी रहेको मन्त्रालय जनाएको छ।

मन्त्रालयका अनुसार बिहीबार १०८ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार कोरोना जित्नेको ७ हजार ८९१ संख्या पुगेको छ।

हालसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भइसकेको छ।