२०८१ फाल्गुन ६ गते मङ्गलवार
२०८१ फाल्गुन ६ गते मङ्गलवार

घोराहीमा मात्रै थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दाङ,
२५ असार । दाङमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गएको आईतवार देखी कोरोना परिक्षण रोकेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले विहिवार परिक्षण सुरु गरेको छ ।

विहिवार ६३ स्वावको परिक्षण गर्दा घोराहीका पाँच जनामा कोरोना देखीएको हो । जसमा घोराही ६ का एक जना, वडा नम्वर १० का एक जना, वडा नम्वर १५ का एक जना र वडा नम्वर १९ का दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उपमहानगरका विभिन्न क्वारेन्टाईनबाट संकलन गरिएको ५१ जना मध्ये ४६ जनाको रिर्पोट नेगेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।