२०७७ असोज १४ गते बुधवार
२०७७ असोज १४ गते बुधवार

नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय

काठमाण्डौ,
२५ असार । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) ले नेपालमा भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गर्ने निर्णय गरेका छन् ।

वितरकहरुले सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकिने बताएका हुन् ।

पछिल्लो समय भारतीय च्यानलमा नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा झुटा र भ्रामक प्रचार गरेको भन्दै वितरकहरु विदेशी च्यानल बन्द गर्ने निर्णयमा पुगेका हुन् ।