सांकेतिक तस्वीर ।
गुल्मी,
२६ असार । गुल्मीको कालीगण्डकी गाउँपालिका–४, फुस्रेमा पहिरोले पुरिएर ६२ वर्षीय यमबहादुर श्रीसको शुक्रबार मृत्यु भएको छ ।
घर नजिकै खेतमा कुलोको भल काट्न गएका श्रीसलाई माथिबाट खसेको पहिरोले च्यापेको प्रहरीले जनाएको छ ।
उनलाई पहिरोले पुर्दा श्रीमती पनि सँगै भएको र तत्काल स्थानीयलाई खबर गरे पनि बचाउन नसकिएको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ ।